बाँकेका सहकारी संस्था स्थानीय तहमा

बाँके।अधिकृतहरुको दुई दिने अभिमुखीकरण तथा स्थानीय तहमा अभिलेख हस्तान्त्रण कार्यक्रममा सम्पूर्ण रेकर्ड जनप्रतिनीधीलाई प्रदान गरिएको छ । जिल्ला समन्वय समितिका उपप्रमुख ज्ञानेन्द्र चौधरीले बाँकेका आठ वटै तहका पदाधिकारीलाई अभिलेख हस्तान्त्रण गरे। बाँकेमा सञ्चालनमा रहेका चार सय ७ वटा सहकारी मध्ये दुई ७५ वटा सहकारी अब स्थानीय तह मातहमा रहेर सञ्चालन हुने भएका छन् । जिल्लाका एक सय ३० वटा सहकारी प्रदेश सरकार र एक वटा केन्द्रमा रहने गरि सञ्चालन हुनेछन् ।
हस्तान्त्रण कार्यक्रममा उपप्रमुख चौधरीले स्थानीय तहमार्फत सहकारी सञ्चालन हुनुले आम जनतालाई सहज र प्रभावकारी सेवा प्रवाहमा मद्यत पु¥याउने विश्वास व्यक्त गरे । उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले स्थानीय आवश्यक्ता र माग अनुसार सहकारी सञ्चालन हुनुपर्ने बताइन । समारोहमा राष्ट्रिय सहकारी विकास वोर्डका देव बहादुर केसी, जानकी गाउँपालिकाका अध्यक्ष राम निवास यादव, सहकारी संघ बाँके अध्यक्ष पे्रम सापकोटा, सहकारी निरिक्षक धन बहादुर खत्रीले शुभकामना मन्तव्य राखेको सहकारी निरिक्षक नन्दराम न्यौपानेले जानकारी दिए ।