बाँके । नेपालका विभिन्न जिल्लामा उत्पादन भएका जडिबुटी भारत लगाएत तेस्रो मूलुकमा पठाउनकालागि भारतमा लागु भएको कर जिएसटी तिर्नु पर्ने भएको छ । यस अघि जडिबुटी निर्यातमा भारतको उत्तरप्रदेश राज्यको छुट्ट्ैै ‘ट्रान्जिट परमिट’को मार खेप्दै आएका नेपाली जडिबुटी ब्यवसायीहरुले पछिल्लो समय थप कर जिएसटी तिर्नु पर्दा थप मारमा परेका छन् । भारत लगाएत तेस्रो मूलुकमा जडिबुटी पठाउदा थरीथरीका करहरु तिर्नुपरेका कारण करोडौको जडिबुटी ब्यवसाय मारमा परेको जडिबुटी ब्यवसायी संघ नेपालगन्जका अध्यक्ष याकुब अन्सारीले बताए । उनले भारतको उत्तराप्रदेशले लागाएको ट्रान्जिट परमिट हटाउने बारमा भारतको प्रदेश सरकारदेखि केन्द्रसरकारसम्म कुरा पु¥याउँदा सुनाइ नभई थप जिएसटी कर लागेकोमा दुखेसो गरेका छन् । जिएसटी लागु भएपछि निर्यात खर्च बढेको र त्यसको सिधा मार जडिबुटी किसानहरुलाई पर्ने उनको भनाई छ । मध्यपश्चिमका पहाडी जिल्लाका किसानहरुले उत्पादन गरेको जडिबुटी नेपालगन्जका ब्यवसायीले भारत लगायत तेस्रो देशमा निर्यात गर्दै आएका छन् । करहरु थपिदा जडिबुटी किसानबाट मुल्य घटाएर जडिबुटी खरिद गर्नुपर्ने अबस्था सिर्जना भएको ब्यवसायीको भनाई छ ।
‘ट्रान्जिट परमिट’ प्रणाली लागुभएपछि निकासीमा झन्झटिलो भएपछि नेपालगञ्जमा जडिबुटी गोदाममा थन्किएरहेको छ । पैसा नदिए गाडी लामो समय रोकिने, सामान झार्ने समस्या बढी हुन्छ । उनले भने, ‘यो विषयमा सरकार गम्भिर भएर लागेको छैन् । सरकारलाई लामो समयदेखि समस्याका बारेमा जानकारी गराउँदा समेत जडिबुटी व्यवसायीका बारेमा सरकार नलागेको आरोप समेत अध्यक्ष अन्सारीले लगाएका छन् ।
भारतीय ट्रान्जिट परमिटकै कारण नेपालगन्ज नाकाबाट भारतलगायत तेस्रो मुलुकमा जडीबुटी निकासी घटेको छ । बर्षनी जडिबुटी निकासी घटेको व्यवसायी बताउँछन् । ठुला व्यवसायी घूस दिएर निकासा गरेपनि साना व्यवसाय पलायन हुनुपरेको उनि बताउ छन् । नेपालगन्ज हुँदै भारत, अमेरिका, चीन, पाकिस्तान, बङगलादेश, फ्रान्स, स्विजरल्याण्ड, अष्ट्रलिया, जर्मनलगायतका मुलुकमा जडीबुटी निर्यात हुन्छ । ती मुलुकमा रिठ्ठा, अमला, टिम्मुर, काउलो, सतुवा, बोझो, सालनदाना, चिराइतो, प्राउनबोक्रा, सुठो, सोफनल, दालचिनी, अमरदाना, जटामसीलगायतका जडीबुटी निर्यात हुने गर्छ ।