खजुरा गाउँपालिकाको गाउँसभाद्वारा विभिन्न ऐन तथा कार्यविधि पारित

बाँके। बाँकेको खजुरा गाउँपालिकाको हिजोदेखि शुरु दोस्रो गाउँसभाले विभिन्न ऐन तथा कार्यविधि पारित गरेको छ । गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिको अध्यक्षतामा बसेको गाउँसभाले खजुरा गाउँपालिकाको प्रशासकीय कार्य्विधि नियमित गर्ने ऐन–२०७४, गाउँपालिकाको स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्य्विधि, ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्य्विधि, खजुरा गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्य्विधि पारित गरेको हो ।
त्यस्तै खजुरा गाउँपालिकाको कृषि व्यवसाय प्रवद्र्धन ऐन २०७४, न्यायिक समितिले उजुरी कारवाही र किनारा गर्दा अपनाउनु पर्ने कार्य्विधिको सम्बन्धमा व्यवस्थापन गर्न बनेको ऐन र विशेष अनुदान बजेट व्यवस्थापन कार्य्विधि २०७४ पनि पारित गरेको कानूनी सल्लाहकार विकास आचार्यले जानकारी दिए । विधेयक समिति संयोजक तिलकवीर सुनारले सभामा पारित गरियोस् भनेर पेश गरेका कार्य्विधि तथा ऐन सर्बसम्मतले पारित भएको थियो ।