बाँकेमा घुससहित औषधी ब्यवस्था विभागका अधिकृत पक्राउ

बाँके। नेपालगन्ज बाँकेबाट घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार औषधी ब्यवस्था विभाग, शाखा कार्यालय नेपालगन्ज, बाँकेका फार्मेसी अधिकृत तपेन्द्र भट्टराईलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ। मेडिकल स्टोर दर्ता प्रक्रियामा लागि भनेर उनले पैसा लिएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कोहलपुरस्थित कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई कार्यकक्षबाटै घुससहित पक्राउ गरेको हो।

मेडिकल स्टोर दर्ता गर्न खोज्ने व्यक्तिले अख्तियारलाई सूचना दिएर घुस दिएका थिए। घुस लिएलगत्तै उनी पक्राउ परेका हुन्।