मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगितामा छात्रातर्फ जनज्योती माबि बिजयी

बाँके । नेपालगन्जमा जारी मेयर कप अन्तर विद्यालय छात्र÷छात्रा फुटबल प्रतियोगिता अन्तरगत छात्रातर्फको बिहीवारको खेलमा जनज्योती माबि बिजयी भएको छ । छात्रातर्फको खेलमा जनज्योतीले गुँरास चाईल्डहुड एकेडेमीलाई शून्यको बिरुद्ध ७ गोलले पराजित गरेको हो ।
जनज्योतीको तर्फबाट मोनिका जिएमले ह्याट्रिक ३ गोल, सलिना बिष्ट, अञ्जली चौधरी, निर्मला बस्नेत र समिक्षा बिकले १÷१ गोल गरेका थिए । त्यसैगरि मुनतारा माबि कारकाँदौ र अमर माबि बिचको खेल कुनै गोल हुन नसकि बराबरीमा टुङ्गिएको छ । जीतसंगै जनज्योति माबि ६ अंकका साथ अग्रस्थानमा रहेको छ भने अमर माबि ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ । मुनतारा १ अंकका साथ तेस्रो र
गुराँस अंकबिहिन हुदै अन्तिम स्थानमा रहेको छ ।
छात्रतर्फ १६ वर्ष मुनिका जीभीएन कलेज नेपालगन्ज र जनज्योति माबि कोहलपुर बिच आज तथा चौध बर्ष मुनीको समूहमा पशुपति र जनज्योतिबीच भोलि उपाधीका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । छात्रातर्फको खेल लिगका आधारमा खेलाईएको छ । प्रत्येक टोलीले तीन वटा म्याच खेल्ने र सबैभन्दा बढी अंक प्राप्त गर्ने टोली विजेता घोषित हुने आयोजक बाँके जिल्ला फुटबल संघले जनाएको छ ।