अर्काको नाममा परिक्षा दिदै गरेका सात जना पक्राउ

 

 

 

बाँके। जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलबार भेरी प्राविधिक शिक्षालयबाट अर्काको नाममा परिक्षा दिदै गरेका सात जनालाई पक्राउ गरेको छ ।
स्वास्थ्य सहायक प्रथम वर्ष अन्र्तगत भौतिक शास्त्रको ‘ब्याकपेपर’ दिन आएका उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक रणबहादुर बिष्टले बताए ।
बिद्यार्थीहरु बाँके लगायत बिभिन्न जिल्लाबाट आएका छन् । अहिले उनिहरुको अनुसन्धान भइरहेको बिष्टले बताए ।