नेपाल कम्युनिष्ट पार्टीको नियमावली पारित


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको मुल नेतृत्व एकता भएको लामो समय पछि पार्टीका प्रदेश, जिल्ला र स्थानीय कमिटिका साथै जनवर्गिय कमिटिको एकता लगाएत पार्टी जीवनका लागि नियमावली आजको सचिवालय बैठकले पारित गरेको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच जेठ ३ गते एकता भई नेकपा गठन भएको थियो
नियमावलीलाई अन्तिमरुप दिन प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले एकतापछिको अन्तरिम विधानबमोजिम सो नियमावली पारित गरेको हो ।
यो नियमावली पारित भए पछि तल्ला कमिटि र संगठनको एकता प्रक्रिया अघि बढाउन सचिवालय बैठकले समयबद्ध कार्ययोजना बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यसबारे बिहीबार सचिवालय बैठक पुनः बस्नेछ ।
यस भन्दा पहिले बसेको स्थायी कमिटीको बैठकमा प्राप्त सुझावका आधारमा नियमावलीको अन्तिम मस्यौदा तयार गर्न नेताहरु वामदेव गौतम, रामबहादुर थापा र विष्णु पौडेल रहेको कार्यदलले दिएको प्रतिवेदनलाई बैठकले अनुमोदन गरेको हो ।