धनगडीबाट तुलसीपुर जाँदै गरेको बस ग्वारखोलामा बग्दा ११ जना घाईते

दाङ । तुलसीपुर सडक खण्ड अन्तरगत पर्ने दाङको ग्वारखोलाले बस बगाउँदा ११ जना घाईते भएका छन् । आईतबार साँझ ५ बजेतिर धनगडीबाट तुलसीपुर जाँदै गरेको ना ४ ख ८१३६ नम्बरको यात्रुबहाक बस दुर्घटनामा परेको हो ।

घाईते मध्य दुई जनाको अबस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रकास सापकोटाले बताए । १७ जना यात्रु मध्य ११ जना घाईते भएका हुन् । अन्यको अबस्था सामान्य रहेको प्रहरीले बताएको छ । सबैको उद्धार भईसकेको डिएसपी सापकोटाले बताए ।

स्थानीय गाडिहरु सहजै वारपार गरेपनि धनगडिबाट आएकाले सडक कच्वे पत्ता नलगाउँदा खोलाले गाडि बगाएको डिएसपी सापकोटाले बताए । घाईतेहरुको बिस्तृत विवरण भने आउन बाँकी छ । घाईतेहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ ।