बाँके । मुस्लिम धर्मावलम्बीहरुको दोस्रो ठूलो महान पर्व इद—उल—अजहा (बकरइद) बाँके लगायत देशभरका मुस्लिम समुदायले मनाएका छन् । बाँकेका मुस्लिम धर्मावलम्बीहरुले बुधबार बिहान नेपालगन्जको विपी चौकमा रहेको इदगाहमा सामूहिक नमाज पाठ गरेका छन् । इस्लाम धर्मावलम्बीहरुले इदलाई सबै भन्दा ठूलो पर्वका रुपमा मनाउने गर्दछन् । त्यस पछिको दोस्रो ठूलो पर्व बकरलाई मान्ने गर्दछन् । इदगाहमा इस्लाम धर्मावलम्बीहरुले बकरइद पर्वलाई आपसी भाइचारा, धार्मिक सहिष्णुता र एकताको सन्देश प्रवाह गर्द देशमा स्थायी शान्ति र समृद्धिको कामना गरेको मुस्लिम धर्मगुरु मौलाना जब्बार मञ्जरीले बताए ।
यस पर्वमा हज र कुर्बानी ‘बलिदान’ गर्नुपर्ने प्रमुख विशेषता रहेको छ । सक्नेका लागि हज र कुुुर्बानी अनिवार्य रहेको र खान योग्य मानिने खसी, भेडा, ऊँट लगायतका जनावरहरुको कुर्बानी उपयुक्त मानिने धर्मगुरु मौलानले बताए । उनले यो पर्वलाई बलिदानीको पर्वका रुपमा पनि मनाउने जानकारी दिए । बलिदानी दिइएको जनावरको मासुलाई तीन भाग लगाएर एक भाग आफन्त, एक भाग गरिब परिवार र अर्को भाग आफ्ना लागि राख्ने चलन छ।
नेपालगन्जमा सामूहिक नमाजका लागि इदगाहमा आएका शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईसँगै नेपालगन्ज उपालगन्ज उमहानगरपालिका मेयर डा. धवल शम्सेर राणा लगाएत विभिन्न राजनीति कदलका प्रतिनिधिको सहभागिता रहेको थियो ।
नमाजमा सहभागि हुँदै मन्त्री राईर्ले विविध जाती, धर्म, सम्प्रदायको बसोवस रहेको नेपालमा सबै पर्व मिलेर एक आपसमा भाईचार साट्दै मनाउनुपर्नेमा जोड दिए । उनले बकरइद पर्वले मुलुकमा शान्ति, अमनचयन र आपसी भाइचारा कायम होस् भनेर खुदा (ईश्वर)सँग प्रार्थाना गरेको बताए । यो पर्व मुस्लिम समुदायमा तीन दिनसम्म धुमधामसँग नयाँ पहिरन लगाउने, मासु र सेवइको विशेष परिकार खाने, खुवाउने गरी धुमधामसँग मनाउने गरिन्छ ।
बकर इदमा प्रदेश नं ५ सरकारले यस अन्र्तगतका १२ जिल्लामा बुधबार सार्वजनिक बिदा दिएको छ ।