बाँके । केहि समय अगाडि नेपालगन्ज उपमहानगरपालिकाले सडकमा पार्किङ गरे वापत् सर्वसाधारणसँग शुल्क लिने भने पनि चारैतिरबाट आलोचना भएपछि नलिने भएको छ । उपमहानगरपलिकाले नगरका ५० ठाउँमा पार्किङ्ग स्थल तोकेर शुल्क लिने तयारी थालेको थियो ।
उपमहानगरपालिकाका नगर प्रमुख डा। धवल शमशेर राणाको अध्यक्षतामा सोमबार बसेको नगर कार्यपालिकाको बैठकले ६ वटा विषयगत समिति पुनर्गठन, प्रवक्ता चयन, नागरिकता सिफारिस निःशुल्क गर्ने लगायतका निर्णय गरेको छ । वैठकले वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाललाई उपमहानगरपालिकाको प्रवक्ताका रुपमा चयन गरेको छ । उप–महानगरपालिकाका तर्फबाट आधिकारिक धारणा सार्वजनिक गर्नका लागि रिजाललाई प्रवक्ता चयन गरिएको हो । उपमहानगरपालिकाको कार्यसम्पादन नियमावली २०७४ को व्यवस्था अनुसार विषयगत समिति गठन गरिएको छ ।
समितिमा सार्वजनिक सेवा तथा क्षमता विकास समिति, आर्थिक विकास समिति, सामाजिक विकास समिति, वातावरण तथा विपद् समिति र विधयेक समिति रहेका छन् । समितिमा जिम्मेवारी बाँडफाँड र संख्या भने अझैं पूर्ण गरिएको छैन ।
सबै खाले यातायातका साधन मार्किङ सहितको पार्किङस्थलमै व्यवस्थापन गर्ने गरी जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई जिम्मेवारी दिइएको नगर प्रमुख राणाले जनाकारी दिए । सडकको नाला छाडेर निश्चित सडक क्षेत्र पार्किङ्गका लागि ब्यवस्था गरिएको छ । नगरका १९ ठाउँमा कार, जीप र २८ ठाउँमा मोटरसाइकलका लागि पार्किङ्ग क्षेत्र छुट्याइएको उपमहानगरपालिकाले जनाएको छ । यस्तै वैठकले नागरिकता सिफारिस, स्वास्थ्य उपचार सिफारिस नि शुल्क गर्ने निर्णय गरेको छ । यस अघि नागरिकता सिफारिसका लागि एक सय रुपैयाँ लिने गरिएको थियो । यस्तै वैदेशिक बाहेक अन्य छात्रवृत्ति सिफारिस पनि निःशुल्क गरिएको छ ।
सूचना अधिकारी शरद पौडेलका अनुसार–राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन जग्गा खोजी गरी अधिग्रहण गर्न र नगरमा रहेका केही सरकारी भवन उपमहानगरपालिकामा हस्तान्त्रण गर्न छानविन समिति गठन गरिएको छ । वडा नम्बर १० का अध्यक्ष विन्दु भुषण वस्नेतको संयोजकत्वमा सो समिति गठन गरिएको हो । समतिको सदस्य सचिवमा वरिष्ठ आलेप अधिकृत खिमानन्द अर्याल, वडा १९ का वडा अध्यक्ष दिपक वर्मा, वडा न २० का वडा अध्यक्ष कृष्ण कार्की र सदस्य कौशल धोवी समितिको सदस्य रहनुभएको छ । यस्तै धम्वोझीमा आकाशे पूल ९फलाई ओभर० को डिपीआर निर्माण गर्न सूचना आह्वान गर्ने पनि निर्णय गरिएको छ ।