‘नेपालगन्ज विद्यार्थी चित्रकार’ प्रतियोगितामा स्प्रिङडेलका थापा उत्कृष्ट

बाँके । नगरस्तरीय नेपालगन्ज चित्रकार प्रतियोगितामा स्प्रिङडेल एकेडेमी नेपालगन्जका खेमराज थापा उत्कृष्ट चित्रकार बनेका छन् । क्रियटिभ स्टुडेन्टस् क्लव, वेस्ट जोन इङ्गलिस मिडियम हाई स्कुल नेपालगन्जको आयोजनामा भएको प्रतियोगितामा ४६ जनालाई पछाडि पार्दै स्प्रिङडेलका थापा उत्कृष्ट चित्रकार भएका हुन् ।

नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा भएको प्रतियोगितामा आदर्श मावि राँझाकी कौशिल्या शाहु द्वितिय, जय बागेश्वरी माविकी श्वेता पटेल तृतीय, वेस्ट जोनका प्रतीक ज्ञवाली चौथो र जय बागेश्वरी माविकी स्वस्तिका पन्त पाँचौ भएकी छिन् । प्रतियोगिताको निर्णायकमा वरिष्ठ चित्रकार श्यामानन्द सिंह र विष्णु कुमाल रहेका थिए ।

प्रतियोगितामा १७ विद्यालयका कक्षा ८,९ र १० मा अध्ययनरत विद्यार्थीले सहभागिता जनाएका थिए । प्रतियोगतामा प्रथम हुनेलाई ५ हजार, द्वितियलाई ३ हजार, तृतीयलाई २ हजार र चौथो तथा पाँचौ हुनेलाई सान्त्वना ५÷५ सय रुपैया नगद पुरस्कार प्रदान गरिएको क्लवका अध्यक्ष बसन्त बस्नेतले बताए ।

उत्कृष्ट चित्रकारलाई प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा प्रमुख मनप्रसाद रेग्मीले नगद पुरस्कार र प्रमाण पत्र वितरण गरेका थिए । प्रतियोगिताका अतिथि वेस्ट जोन स्कूलका प्रवन्धक कमान सिंह बोहोरा, मोर्डन पब्लिक माविका प्राचार्य खड्गबहादुर बोहोराले मन्त्व्य राखेका थिए ।