बालबालिका बेचबिखन बिरुद्धको परियोजनाका लागि छलफल

बाँके । प्लान ईन्टरनेशनल नेपालको सहकार्यमा साथी संस्थाले बाँकेको खजुरा गाँउपालिकामा बालबालिका बेचबिखन बिरुद्धको परियोजनाका लागि छलफल गरेको छ । महिला तथा बालबालिकाहरुलाई बेचबिखन रोक्न र बेचबिखनमा परेकालाई संरक्षण गर्ने उद्देश्यले गठानका लागि छलफल गरिएको हो ।

बाल र यूवा समुहलाई मानव बेचबिखन बिरुद्ध अभिमुखिकरण तथा तयार परेका कार्ययोजना अनुसार सडक नाटक, वतृत्वकला प्रतियोगिता, पालिका स्तरमा बालबालिक बेचबिखन बिरुद्ध सचेतना जोगाउने कार्यक्रम गर्ने छलफल भएको छ ।

उक्त छलफलमा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपती, उपध्यक्ष एकमाया बिक लगायत ८ ओटै वडा अध्यक्षको उपास्थिति रहेको थियो ।

-जगेश्वर थारु