बाँके । मुख्यमन्त्री शंकर पोखरेलले असहाय, असक्त, घरबार विहिन नागरिकका लागि प्रदेश सरकारले प्रत्येक उपमहानगरपालिकामा एउटा सहारा गृहको स्थापना गर्ने तयारी गरेको जानकारी दिएका छन् ।
नेपालगन्जमा स्थापना गरेको निलसागर जेष्ठ नागरिक केन्द्र पुगेर त्यहाँको अवस्थाकोबारेमा जानकारी समेत लिएका थिए । केन्द्रकी अध्यक्षले मुख्यमन्त्रीलाई आफुहरुले गरिरहेको काम र भोग्नु परेका समस्या समेत जानकारी गराए पछि मुख्यमन्त्री पोखरेलले योजना बनाएर काम गरे प्रदेश सरकार निलसागरलाई आवश्यक सहयोग समेत गर्ने जानकारी गराएका थिए ।
गाउँ देखि शहर सम्मका असहाय, असक्त र सहाराविहिन जेष्ठ नागरिकलाई निलसागर केन्द्रले सहयोग गर्ने र कतिपयलाई पारिवारीक पुनःमिलन गराउने काम गर्दै आएको छ ।