कवडीमा न्यू राइजिङ्ग प्रथम


बाँके । जानकी गाउँपालिका वडा नं. ४ ले आयोजना गरेको कवडी प्रतियोगितामा न्यू राइजिङ्ग प्रथम भएको छ । नेपाली मौलिक खेल कवडी खेल लोपहुने अवस्थामा रहेको समयमा यस खेलको आयोजना गरी खेलाडिको आक्रर्षण बनाउनुका साथै खेल पे्रमीहरुको समर्थन जुटाउने काम गरिएको छ ।
गाउँस्तरी सिनियर कवडी खेलको शनिरबार अन्तिम खेलमा न्यू राइजिङ्गले गिजरा क्लबलाई पराजित गर्दै प्रथम स्थानको पुरस्कार र मेडल प्राप्त गरेको हो । जुनियर खेलमा अरुणोदयले खजुरा टाइगरलाई पराजित गर्दै प्रथम स्थान प्राप्त गरेको थियो ।


कवडी खेलको समापन गर्दै वडा अध्यक्ष विश्राम कुमार वर्माले लोप हुन लागेका यस्ता खेलमा खेलाडी र दर्शकले यसको बृद्धि विकासमा अगाडी वढेमा आफुले जस्तो सुकै सहयोग गर्न तयार रहेको वताए । उनले भने खेलाडी विनाको खेलको कल्पना गर्न सकिदैन, कवडी खेल प्रति खेलाडी र दर्शकले माया देखियो यो प्रतियोगितमा वडापालिकाको निरन्तर सहयोग हुने छ ।
गाउँस्तरीय खेल १८ गते देखि २० गते सम्म संचालन भएको थियो । कवडी खेलका विजेता र उपविजेतालाई वडा अध्यक्ष वर्मा, नेकपाका गाउँपालिका अध्यक्ष पदमबहादुर धिताल लगायत पुरस्कार, प्रमाणपत्र र सिल्ड हस्तान्तरण गरेका थिए ।