बद्रीले रुवाए, टंकले नचाए


बाँके । कोहलपुर उद्योग वाणिज्य संघ र होटलव्यवसायी संघ कोहलपुरकोे संयुक्त आयोजनामाजारी “पाँचौं कोहलपुर औद्योगिक, व्यापार, कृषि, फुडफेस्टिभल तथा पर्यटन महोत्सवमा आईतबार नेपालका चर्चित गायक बद्री पंगेनीले वृद्व आमाहरुलाई रुवाएका छन् भने गायक टंक तिमेल्सेनाले युवायुवतिहरुलाई नचाएका थिए ।

महोत्सवको सातौं दिन आइतबार लोकदोहोरी गायक बद्रीपंगेनी मुख्यआकर्षक थिए । जब उनी स्टेज पुगेर गीतगाउँनथाले मञ्चमा बसेकाअतिथि स्तब्धभएका थिए भने महोत्सवमा उपस्थित दर्शकका आँखाबाट आँशु झरे । गायक पंगेनीले आमाबिदापाउँदिन गीतगाउँदा धेरै आमाहरुका आँखाबाट आँशु झरेका थिए ।उनका गीतमा महिलासंगै पुरुषहरुका पनि आँखा रसाएका थिए । साथै उनले जसको शासन आएपनि जनताको शासन आएन, मलाई पनि ल्यौजाउ प्रभु तिम्रै साथ, रातो पछेउरी कोहलपुरको मेलामा रमाउला नच्ना झाउरेको तालमा लगायतका गीतहरु गाएका थिए ।

अर्का टंकतिमिल्सेनाले “पूर्व जाने बाटामाथि प्रितिका सेल, हेर्दा लाग्छ दयालु सारै छुच्ची मायालु, कितवार कितपार सन्नसनी सन्नसनी यो मुटु खाईरहने” लगायतका गीत गाएपछि उपस्थिति युवायुवतिहरु नाचेका थिए ।

रामजी र राधिका आज आउने
महोत्सवको छैटौैं दिन आज सोमबार राष्ट्रिय कलाकार रामजीखाँड, राधिका हमाल, हाँस्यकलाकार दिपेन्द्र वलीरहने कला संस्कृति उप समिति सहसंयोजक खेमराज शर्माले बताएका छन् । कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामाजारी महोत्सवबाट संकलित भएको रकमबाट कोहलपुर उद्योग वाणिज्य संघको अत्याधुनिक भवननिर्माण गर्ने लक्ष्य रहेको कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारीले बताएका छन् । साथै उनले बचत रकमबाट केहि शिक्षा, स्वास्थ्य, खेलकुद र सामाज सेवामा लगाउने योजना रहेको जानकारी दिएकाछन् ।