बाँके । प्रदेश सभा सदस्य उत्तरकुमार ओलीको निधन भएको छ । प्रदेश ५ का सांसद ओलीको आज बिहान ३ वजे निधन भएको हो ।
गत माघ २४ गते बेलुका लमही–घोराही सडक खण्डको चिसापानीमा बस र कार एक आसपमा ठोक्किदा सांसद ओली गम्भीर ३ाइते हुनुभएको थियो । दुर्घटनामा परी बसमा सवार एक महिलाको घटना स्थलमै मृत्यु भएको थियो ।
दुर्घटनामा परी प्रदेश सांसद उत्तरकुमार ओली सहित १४ जना घाईते भएका थिए । ओलीको नेपाल मेडिसिटी हस्पिटलमा उपचारका क्रममा निधन भएको हो । प्रदेश सभा सदस्य वलीको शव श्रद्धाञ्जलीका लागि आज विहान काठमाण्डौ स्थित नेकपाको केन्द्रीय कार्यालमा ११ बजे राखिने छ । आजै वलीको शवलाई गृह जिल्ला दांग ल्याइ पुगाउने कार्यक्रम रहेको छ ।