प्रदेशलाई कृषिमा आत्मनिर्भर मात्रै हनै निर्यात गर्ने प्रदेश बनाउछौंः मन्त्री पौडेल


बाँके । प्रदेश नं. ५ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले मन्त्रालले विनियोजित वजेटको हाल सम्म १७.३ प्रतिशत मात्रै रकम खर्च भएको जानकारी दिनु भयोको छ । मन्त्रालयले एक वर्षे अवधिका कार्यक्रमको आज नेपालगन्ज सार्वजनिक तथा पत्रकार सम्मेलनमा मन्त्री पौडेलले सो जानकारी दिनु भएको हो ।
मन्त्री पौडेलले प्रदेश सरकारले कृषि तथा पशुपन्छीको उत्पादन र बजारीकरणका लागि प्रमुख प्राथमिकता दिएको जानकारी गराउदै विनियोजित बजेट र कार्यक्रम समयमा नै सम्पन्न गर्ने बताउनु भएको छ । युवा स्वरोजगार तथा आय आर्जनका लागि सरकारले कुनै पनि कन्जुस्याई नगरेको समेत वताउनु भयो ।
प्रदेश सरकारले चालु आर्थिक बर्षममा कुल बजेट ४ अर्व ७ करोड ५१ लाख ४७ हजार विनियोजन गरेकोमा सो रकम र कार्यक्रम लागु गर्नका लागि ऐन, नियम र कार्यविधि आवश्यक पर्ने भएकोले सो सम्बन्धि अधिकांश काम भएको र बाँकी नीति विधि अन्तिम चरणमा रहेको मन्त्री पौडेलले जानकारी दिनु भयो ।
प्रदेश सरकारले दुध, फलफुल र मासु जस्ता दैनिक खपत र अनिवार्य आहारका प्रदेशमा उत्पादन गरी अन्य प्रदेश, नेपाल र विदेशमा निर्यात गर्ने लक्ष्यका साथ काम गरिएको जानकारी दिनु भयो । मन्त्री पौडेलले प्रदेश सरकारले ६ वटा विद्येक, कार्यविधि १८, निर्देशिका १५ वटा आवश्यक रहेको समेत बताउनु भयो । स्मार्ट कृषि कार्यक्रम अनुसार कुल बिनियोजित रकम रु २६ करोड रहेकोमा प्रदेशका ५२ वटा निर्वाचन क्षेत्रमा ५२ वटा स्मार्ट गाउँ छनौट भई स्विकृत भैसकेको।आधारभूत सर्वेक्षणको तयारी सुरु गरिएको।कार्यक्रम कार्ययोजना तयारी, समिति गठन कार्य सम्पन्न गरी कार्यक्रम कार्यान्वयनको क्रममा रहेको मन्त्री पौडेलले जानकारी दिनु भयो । कृषि अनुदान कोष तर्फका १८४ आयोजनाहरु स्वीकृत कृषि व्यवसायलाई प्रोत्साहित गर्न र कृषि तथा पशुजन्य बस्तुहरुको उत्पादन बृद्धि गर्न कृषि अनुदान कोष अन्तर्गतको कार्यक्रम संचालनकालागी १० करोड बराबरको १८४ जना अनुदानग्राहीको आवेदन स्विकृत गरिएको । साथै सम्झौता तथा कार्यक्रम कार्यान्वयन प्रकृया अगाडी बढेको छ मन्त्री पौडेलले ानकारी दिनु भयो ।