बाँके । नेपाल निजामती कर्मचारी सँगठन बाँकेले संगठनको स्थापना दिवसको अवसरमा शनिबार नेपालगञ्जमा रक्तदान कार्यक्रम गरेको छ । संगठनका अध्यक्ष अग्नीप्रसाद आचार्यले संगठनका सदस्य, शुभेच्छुक लगायत कार्यक्रममा सहभागी भई रक्तदान गरेको बताए । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा रहेको क्षेत्रीय रक्तसंचार केन्द्रमा भएको कार्यक्रममा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनका अध्यक्ष कृष्ण थापा लगायत सहभागी थिए ।