म्याजिक भ्यानको ठक्करले भण्डारीको निधन


बाँके । बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ६ निवासी भिमबहादुर भण्डारीको म्याजिक भ्यानको ठक्करबाट निधन भएको छ । भण्डारीलाई आईतबार दिउँसो सवा १ बजे पूर्वपश्चिम राजमार्गको बैजनाथ गाउँपालिका वडा नं. ५ ह्याचरी उद्योग नजिकै म्याजिक भ्यानले मोटरसाईकललाई ठक्कर दिँदा उहाँको निधन भएको हो ।

कोहलपुरतर्फ आउँदै गरेको भे.१ ज १०९८ नं. को म्याजिक भ्यानले भे.५ प १३७४ मोटरसाईकललाई पछाडीबाट ठक्कर दिँदा मोटरसाईकलमा पछाडि बस्नु भएका ५० बर्षीय भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । मोटरसाईकल चालक गोपाल खत्री भने सामान्य घाईते हुनु भएको छ । ठक्कर दिने चालकलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।

फोटोः अवधपोष्टबाट ।