प्रधानमन्त्री ओलीको भियतनाम भ्रमण

बाँके ।  प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनाम भ्रमणको क्रममा हवाइ संझौता हुने भएको छ । पाँच दिने भ्रमणका लागि आज भियतनामको राजधानी हनोई पुग्नुभएका प्रधानमन्त्रीको भ्रमणको क्रममा हवाई संझौता हुन लागेको हो । हवाई संझौताका लागि मन्त्रिपरिषद बैठकले समकक्षी अर्थात मर्यादा मिलाएर हस्ताक्षर गर्न स्वीकृत दिएको छ ।

‘नेपाल र भियतनाम सरकारबीच हुने हवाइ सेवा सम्झौतामा नेपाल सरकारका तर्फबाट समकक्षी मिलाई हस्ताक्षर गर्न स्वीकृति दिइएको छ,’ मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आज आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार एवै सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भन्नुभयो ।