विप्लव नेतृत्व नेता राई नेकपामा प्रवेश


बाँके । सरकारद्वारा प्रतिबन्धित लगायको नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेकपाका पोलिटब्यरो सदस्य पदम राई सत्तारुढ नेकपा पार्टीमा प्रवेश गराएको छ । आज नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा राईलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीका लगाई पार्टीमा स्वागत गर्नु भएको हो ।

पार्टीमा प्रवेश गराउदै अध्यक्ष प्रचण्डले नेता राईलाई पार्टी्भित्र उचित स्थान र उपयुक्त जिम्मेवारी दिने बताउनु भयो । उहाँले विप्लव समूहका अन्य नेता तथा कार्यकर्ताहरुलाई समेत मूलधारमा फर्कन आग्रह गर्नु भयो । सबै कम्युनिस्ट एकै ठाउँ उभिनुको विकल्प नरहेको बताउँदै अध्यक्ष प्रचण्डले भएकदिन स्वयं विप्लव पनि आफूहरुसँगै जोडिन आउने विश्वास व्यक्त गरेको बताउनु भयो ।देशलाई पुनः द्वन्द्वमा जान नदिन र अराजक घटनाहरु बढ्न नदिन भन्दै नेता राईले विप्लव समूहबाट बाहिरएको बताउनु भयो । उहाँले पछिल्लो समय सो पार्टीभित्र अराजक गतिविधि बढ्न थालेको स्वीरोक्ति गर्नु भयो ।

सत्तारुढ नेकपामा प्रवेश गरेर आएपछि नेता राईले आफूलाई दिएको जिम्मेवारी बुद्धि र विवेकले भ्याएसम्मको कुशलतापूर्वक निर्वाह गर्ने बताउनु भएको छ ।