प्रधानमन्त्री ओलीको निर्देशनमा चौधरीलाई नेल मुक्त गरियो

नेल लगाएर वीर अस्पतालमा उचार गराउदै गरेको फोटो सार्वजनिक पछि प्रधानमन्त्री नेल खोल्न निर्देशन अहिले चौधरी नेल मुक्त

बाँके । राजपाका निलम्बित सांसद रेशम चौधरीलाई अस्पतालमा भर्ना गर्दा लगाइएको नेल तत्काल खोल्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनु भएको छ । ढाडको नसामा समस्या देखिएपछि चौधरीलाई प्रहरीले बिहीबार साँझ वीरमा अस्पताल भर्ना गर्दा शैय्यामै नेलले बाँधेका थिए।
प्रधानमन्त्री ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत चौधरीलाई नेलमुक्त गराउन र लगाउनेलाई कारबाही गर्नसमेत निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रधानमन्त्रीले टेलिफोन गरेर निर्देशन दिनु भएको हो । उहाँको निर्देशनपश्चात चौधरी नेलमुक्त भइसकेका छन् ।
अस्पतालमा रहँदा नेल लगाउनु मानवअधिकार विरुद्ध भएको भन्दै प्रधानमन्त्री ओलीले बताउनु भएको छ । सुरक्षाका कारणले उनको खुट्टामा नेल लगाइएको शुक्रबार प्रहरीले जानकारी दिएको थियो ।
चौधरीको स्वास्थ्यस्थिति सुधारोन्मूख रहेको वीर अस्पतालका निर्देशक डा.केदार सेन्चुरीले जानकारी दिनु भयो । चौधरीलाई अझै केहि दिन अस्पतालमा राखेर उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन।
उनलाई नेलसहित अस्पतालमा भर्ना भएको तस्बिर सार्वजनिक भएसँगै सामाजिक संजालमा चर्को आलोचना भएको थियो । गत फागुनमा टीकापुर घटनाको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद चौधरीसहित ११ जनालाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएको थियो। ०७२ भदौ ७ गते ९ जनाको ज्यान जाने गरी भएको घटनामा दोषी ठहर भएपछि उनी सांसदबाट निलम्बनमा परेका थिए। कैलाली जिल्ला अदालतको फैसलापछि चौधरीलाई डिल्लीबजार कारागारमा आफ्नो जेल जीवन बिताउँदै आएका थिए। चौधरी कैलाली क्षेत्र नम्बर १ का निर्वा्चित सांसद हुन् ।