नेपालले मलेसियालाई टी २० सिरिजमा हरायो


बाँके । नेपालले मलेसियालाई हराउदै टी २० अन्तर्राष्ट्रिय सिरिज जितेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभलमा भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ६ रनले हराएर दुवै खेल जितेको हो
नेपालले टी २० सिरिज क्लिन स्विप गरेको यो पहिलो पटक हो । ६ महिनाअघि युएईविरुद्धको ३ खेलको सिरिज नेपालले २र१ ले जितेको थियो । यसअघि नेपालले शनिबार भएको पहिलो टी २० खेलमा मलेसियलाई ७ विकेटले हराएको थियो । आइतबार नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ७ विकेटको क्षतिमा १६७ रन मात्र जोड्न सक्यो ।

अन्तिम ओभरमा जितका लागि १६ रन चाहिएको मलेसियाको ३ विकेट बचेको थियो। तर नेपालका अभिनास बोहराले अन्तिम ओभरमा ७ रन मात्र दिँदा मलेसियाले सिरिज बराबरी गर्ने मौका गुमायो ।मलेसियाका लागि ओपनिङ ब्याट्सम्यान सयद अजिजले ५० रनको योगदान दिनु भयो । उहाँले ३७ बलमा ७ चौका र १ छक्का हिर्काउनु भयो । अर्का ओपनर विरन्दीप सिंहले २३ रन जोड्नु भयो ।

अजिज र सिंहबीच पहिलो विकेटका लागि ७१ रनको साझेदारी हुँदा नेपाल दबाबमा परेको थियो। तर दशौं ओभरमा नेपालका अभिनासले अजिजलाई आउट गरेका थिए ।आगामी साउन ६ देखि सिंगापुरमा हुने आइसिसी टी २० विश्ववकप एसिया छनोट प्रतियोगिताको तयारीका लागि नेपालले मलेसियासँग २ खेलको टी २० सिरिज खेलेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *