बाँके । नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाटा) प्रदेश ५ अन्तरगत आज बाँके च्याप्टर तदर्थ समिति गठन गरियो । बाँके जिल्लामा रही टुर्स एण्ड ट्राभल्स मार्फत सेवा प्रदान गर्दै आइरहनु भएका ट्राभल्सहरुको सहभागितामा कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल एशोसियसन अफ टुर एष्ड ट्राभल्स एजेन्ट (नाटा) प्रदेश ५ बाट अध्यक्ष सहितको समुहको उक्त कार्यक्रममा सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाटा) प्रदेश ५ का अध्यक्ष श्री कृष्ण प्रसाद अधिकारीबाट कार्यक्रममा नाटाको स्थापना र यसको महत्वको वारेमा बाँकेका टुर्स एण्ड ट्राभल्स व्यवसायी साथीहरुलाई जानकारी गराउनु भयो । अध्यक्ष कृष्ण अधिकारीले व्यवसायीहरुको जिज्ञासाको वारेमा अन्तरक्रिर्या समेत गर्नुभएको थियो । कार्यक्रममा नाटा प्रदेश ५ का प्रमुख सल्लाकार तथा भिजिट नेपाल २०२० प्रदेश ५ का संयोजक माधव नेपालले नेपाल सरकारको कार्यक्रमहरुलाई प्रयटन व्यवसाहीहरुको रुपमा टुर्स एण्ड ट्राभल्सहरुबाट ठुलो सहयोगभै रहेको वताउनु भयो । कार्यक्रममा मा नाटा प्रदेश ५ का महासचिव चन्द्र वहादुर थापाले यस प्रकारको च्याप्टर स्थापनाले व्यवसायीहरुलाई एकतावद्ध गर्ने र उत्पन्न समस्याहरुलाई सामुहिक रुपमा समाधानको लागि सहयोग पुग्ने व्यवहोरा जानकारी गराउनु भयो ।
कार्यक्रममा बृहत्त छलफलबाट १३ सदस्य नेपाल एशोसियसन अफ टुर एष्ड ट्राभल्स एजेन्ट (नाटा) बाँके च्याप्टर तदर्थ समितिको स्थापना गरिएको छ । बाँके तदर्थ समितिको अध्यक्षता व्यवसायी श्रीराम सिग्देलले गर्नुभएको छ । गठन गरिएको नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाटा) प्रदेश ५ बाँके च्याप्टर तदर्थ समितिको नामावली यस प्रकार रहेको छ ।
१. अध्यक्ष श्रीराम सिग्देल
२. उपाध्यक्ष डिल्लीराज रेग्मी
३. महासचिव झबिलाल शर्मा
४. सचिव भागिराम वली
५. कोषाध्यक्ष राम वहादुर श्रेष्ठ
६. सहकोषाध्यक्ष पारश शाहा
७. सदस्य विन्जु वस्नेत
८. सदस्य कृष्ण कुमार श्रेष्ठ
९. सदस्य कुमार चाल्स श्रेष्ठ
१०. सदस्य अजमल सिद्धिकी
११. सदस्य तिलक सिंहाली
१२. सदस्य निर्मल सिंह
१३. सदस्य शम्भु बुढाथोकी
झविलाल शर्मा, नेपालगन्ज ।