बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको बाघको आक्रमणले एक जनाको निधन


बाँके । बर्दियामा फेरि बाघको आक्रमणबाट ठाकुरबाबा नगरपालिका एक जना स्थानीय वासिन्दाको निधन भएको छ । जिल्लाको ठाकुरबाबा नगरपालिका १, भुरीगाउँमा आफ्नै घरमा बसेको समयमा आज बाघको आक्रमणबाट ७० वर्षीय पाहारी थारुको ज्यान गएको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले पुष्टि गर्नुभएको छ ।
बाघले थारूलाई आक्रमण गरे पश्चात् उहाँको घटनास्थलमै ज्यान गएको थियो । बाघ बर्दिया राष्ट्रिय निकुन्जबाट बस्तिमा पसेको हो । बाघको आक्रमणमा परी वृद्धको ज्यान गएपछि स्थानीय त्रसित भएका छन् ।
केही दिन अघिमात्रै गेरुवा नगरपालिकामा पनि एक महिलाको बाघको आक्रमणबाट ज्यान गएको थियो ।
फोटोः गुगलबाट ।