बाँके । बर्दिया र पाल्पा जिल्लाका युवाको समूहले समाज परिवर्तनका लागि आफुहरु सक्रिय रुपमा लागेर काम गर्ने बताएका छन् । दुबै जिल्लाका करिब ६० जना युवाहरु समाज विकास र आफ्नो व्यक्तित्व विकासका लागि संगठित भएको बताएका छन् ।
दिन प्रतिदिन युवा कुलतमा लागि रहेको अवस्था यी युवाहरु आफ्नो नेतृत्व विकासका लागि क्षमता विकास तालिम र आफ्ना र आफ्नो समुदायको समस्याको पहिचान गर्दै ती समस्या समाधनका लागि जुट्नेमा सबै युवा एक भएको बताउनु हुन्छ बर्दिया राजापुर नगरपालिका जीवनराज सुवेदी । उहाँ अनुसार जस्तो सुकै अभियान र आन्दोलन वा परिवर्तनमा युवा वर्गको उपायोग गरिने तर परिवर्तन पश्चात ती युवालाई लक्षित गरेर परिवर्तनको फल प्राप्त नहुनु दुखत भएको बताउनु हुन्छ ।
एक्सनएड डेनमार्कको आर्थिक सहयोगमा एक्सनएड नेपालले यी दुई जिल्लाका युवाको क्षमता विकास र अधिकारको लागि पैरवी सीप विकासमा सहयोग गर्दै आएको छ । नीति, विधि र नियमानुसार युवाले आफ््नो अधिकारको उपयोगका साथै समाज विकासमा उनीहरुको पनि योगदान हुनु पर्दछ, जसका लागि पैरवी सीपमा सानो भएपनि हामीले सहयोग गरेको हो भन्नु हुन्छ एक्सनएड नेपालका देवेन्द्रप्रताप सिंह ।
विभिन्न समयमा युवा अधिकार र विकास पैरवी सीप सिकेका युवा सोमबार देखि सुदूरपश्चिम प्रदेशको कर्णाली चिसापानीमा भेला भएर आफ्ना भोगाई, विगतमा काम गर्दा परेका समस्या र समाधान मार्फत प्राप्त उपलब्धि र आगमी दिनमा संगठित युवा सहित अन्य आफ्नै उमेर समूहका अन्य युवालाई कसरी युवा सवालमा समावेस गराउन सकिन्छ भन्ने विषयमा दुई दिने समिक्षा भेला गरी रहेका छन ।
समाजमा काम गर्न सहज नभएको उनीहरुको अनुभव समेत रहेको छ । पाल्पा वगनासकाली गाउँपालिकाबाट आएका मनोज घिमिरेका अनुसार शिक्षकलाई समयमा कक्षा कोठामा जानका लागि पनि युवा सिकाउनु परेको अनुभव सुनाउदै उहाँले भन्नु भयो शिक्षक समयमा विद्यालयमा आउनु मात्रै हैन समय कक्षा कोठामा प्रवेश गरिदिनु पर्यो समेत भनेर हामीले पैरवी गर्नु पर्यो भन्नु हुन्छ ।
छोटो समयमा एक्सनएड नेपालको सहयोगमा स्थानीय साझेदार संस्था बर्दियामा कमैया महिला जागरण समाज र पाल्पामा महिला कल्याण संघ र सामाजिक स्रोत विकास केन्द्रको समन्वयमा युवालाई संगठित गर्ने र उनीहरुका क्षमता विकासमा काम गरिदै आएको भए पनि स्थानीय समस्यामा समाधानका लागि उनीहरु आफ्नै पहलमा काम गरेका छन ।
दुबै जिल्लाका युवालाई विगतको कार्यप्रतिका अनुभव र आगमी दिनमा कसरी युवा नेतृत्वले काम गर्ने विषयको सहजीकरण अञ्जना लुइटेलले गर्नु भएको छ । युवा विगतमा भेगेका समस्या, समाधानका लागि गरेका प्रयास, कार्यक्रम गर्ने तौरतरिका, समस्याको पहिचानका विषयमा एक्सनएड नेपालका विष्णु शर्मा, टेक भट्ट, प्रेम चौधरी र सुनिता तिवारी, चोपलाल गिरी र युवराज भुषालले युवाका सवालमा सहजीकरण समेत गर्नु भएको थियो ।