बाँके । कोहलपुरमा रहेको जीवन ज्योती विद्यालयले भव्य रुपमा भैलो खेलेको छ । विद्यालयले बाँके जिल्लाका विभिन्न स्थानमा पुगेर भैलो खेलेको हो ।
आजबाट सुरु गरेको भैलो नेपालगन्जका विभिन्न स्थानमा भैलो खेलेको थियो । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई पायक पर्ने स्थानमा जम्मा भएर विद्यार्थी शिक्षक, अभिभावक र स्थानीबासीसँग भैलो खेलेका थियो ।
परम्परागत रुपमा गीत गाउने र नाच सहितको भैलोमा विद्यालयका विद्यार्थी र शिक्षकले संयुक्त रुपमा भैलो खेलेका थिए । नेपालगन्जका साथै कोहलपुर क्षेत्रमा पनि भैलो खेलेको सहायक प्रधानाध्यपक रोजी वर्नावालले जानकारी दिनु भयो । उहाँका अनुसार भैलोबाट प्राप्त दक्षिणलाई विद्यार्थी कल्याण कोषमा जम्मा गरी विभिन्न परोपकारी काममा सहयोग गर्ने बताउनु भयो ।