बाँकेे । खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा आगामी पुस २५ गते देखि अमर माबि गौतमवस्ती सि गाउँमा अन्तर बिद्यालय दोश्रो मेयर रनिङ सिल्ड प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितालाई ब्यबस्थित र भब्य बनाउन तयारीका बिभिन्न चरण शुरु गरिएको छ । तयारीकै क्रममा बिहिबार शिक्षा समितिको आयोजनामा भएको बैठकले बिभिन्न ५ वटा निर्णय गरेको छ । अमर माबिमा हुने रनिङ सिल्डलाई सफलतापूर्वक सम्पन्न गर्नका लागी सचिवालय, उप समिति गठन गर्न प्रअ बैठकलाई जिम्मेवारी दिईएको छ । बजेट सम्बन्धमा शिक्षा संग सम्बन्धित २ करोड ५२ लाख ६५ हजार बजेट शिर्षक अनुसार अनुमोदन गर्न कार्यपालिकामा पेश गर्ने, खेललाई ब्यबस्थित गर्न खेल शिक्षकलाई तालिम दिईने र रनिङ सिल्डका लागी पेश्की माग गर्ने निर्णय गरिएको छ ।
बैठकको शुरुमा सञ्चालन ब्यबस्थापनको जिम्मवारी पाएको अमर माबि ब्यबस्थापन समितिका अध्यक्ष डम्बर बिक तुफानले हाल सम्म भएका प्रगति बारे जानकारी गराएका थिए । खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतीले दोश्रो मेयर रनिङ सिल्ड प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न खजुरा क्षेत्रका सम्बद्धले आ आफ्नो जिम्मेवारी र भूमिका निर्वाह गर्न आब्हान गरे ।
बैठकमा राजनीतिक सल्लाहकार भीम ओलीले स्थानीय सरकारको कार्यक्रमलाई सरोकारवालाले अक्षरस पालना गरि सफल बनाउनु पर्ने बताए ।