नेपालगन्ज उद्योग बाणिज्य संघको नवनिर्वाचित कार्यसमिति लाई नेपाल औसधी व्यवसायी संघ बाकेले स्वागत तथा सम्मान गरेको छ। जिल्ला शाखा अध्यक्ष वसन्त शर्माको अध्यक्षयता सप्पन्न उक्त स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिमा उधोग बाणिज्य संघका अध्यक्ष अवदुल वाहिद मन्सुरी थिए । उहाँले औसधी व्यवसायी संघलाई वस्तुगतमा आवद्ध हुन आह्वान गर्दै आफुहरुले सक्दो सहयोग गर्ने बताउनु भयो ।
त्यस्तै नेपाल औसधी व्यवसायी संघका जिल्ला अध्यक्ष वसन्त शर्माले व्यापारको प्रकृति फरक भए पनि समस्या र पिडा सबैको उस्तै रहेको र हाम्रा व्यवसायीको पसल निरक्षनका क्रममा पुलिस लियर हिड्ने कार्यले हामी मानसिक रूपमा पीडित भएको बताउनु भयो । यसलाई निरुत्साहित गर्न उधोग बाणिज्य संघको साथको आवश्यकता रहेको बताय। कार्यक्रम औसधी व्यवसायी संघका जिल्ला महासचिव जीवन शर्माले संचालन गर्नु भएको थियो । उपस्थित सबैलाई कोरोना बाट बच्न अपनाउनुपर्ने सतर्कता बारे बताएका थिए भने स्वागत मन्तव्य सचीव प्रदीप शाहले गर्नु भएको थियो ।
केन्द्रीय सदस्य कृष्ण रोकाय , अञ्चल अध्यक्ष अभय बस्नेत ,उपाध्यक्ष सुदिप खड्का, सदस्य सरला बिष्ट लगायत जिल्ला कार्य समिति उपाध्यक्ष पवन बानियाँ कोसाध्यक्ष लेखनाथ बगाले, सदस्य सन्तोष सिंह , मो.जियाउल हकले फुलको माला दोसल्ला र सम्मान पत्र प्रदान गरेका थिए ।