रावलजीकाे रचनात्मक सहयोग सुन्न पाइएन: मुख्यमन्त्री पाेखरेल

फाइल फाेटाे

मुख्यमन्त्री  शंकर पोखरेलले आज प्रतिनिधि सभाकाे अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेेेेेेेकपाका नेता एवम् समितिका सदस्य भिमबहादुर रावलकाे अभिव्यक्तिले आफुलाइ खुसी नबनाएकाे सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नु भएको छ ।

मिनि  संसद्ममा  रावलले पार्टीकै तर्फबाट परराष्ट्र मन्त्री बन्नु भएका प्रदीप ज्ञवालीकाे अनुरोधलाई व्यवस्था गर्दै मन्त्रीकाे कार्यदक्षतामै प्रश्न गर्दै मन्त्रालयको विज्ञप्ति समेतमा प्रश्न गर्नु भएकाे थियो । रावलकाे प्रश्नको उत्तर मन्त्री ज्ञवालीले पनि साेही समय दिनु भएको थियो ।

पार्टीका उच्च तहका नेता एवम्  समितिका सदस्य  र वहालवाला मन्त्रीबीचकाे सम्वाद आमनागरिक समेतलाई अपाच्य भइरहेको समयमा मुख्यमन्त्रीले सुझाव सहित जिम्मेवार व्यक्तिको भुमिका संझाउदै नेता रावलकाे अभिव्यक्तिकाे प्रक्रिया, शैली प्रति सुझावात्मक विचार सामाजिक सञ्जालमा व्यक्त गर्नु भएको छ ।

रावलले विगतमा आफु गृह, रक्षा तथा पर्यटन मन्त्रालयको जिम्मेवार सम्हाल्नुभएको समयमा हासिल गरेका अनुभवका आधारमा रचनात्मक सहयोग गरेको खबर सुन्न पाए खुसी अनुभुती हुने भन्दै मुख्यमन्त्री पोखरेल राष्ट्रियताको विषयमा आरोप प्रत्यारोप भन्दा वलियो एकता र सार्थक पहलको खाँचो रहेको औल्याउनुभएको छ

आपसी कटाक्ष र विवादलाई लक्षीत गर्दै मुख्यमन्त्री पोखरेलले आपसी कटाक्ष र विवादले राष्ट्रको पक्षनै कमजोर वन्न पुग्ने उल्लेख गर्दै सिमा अतिक्रमण जस्तो संवेदनशील विषयमा राज्यलाई निशर्त सहयोग गर्नु सबैको कर्तव्य भएको बताउनुएको छ ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा धारणा राख्दै भन्नुभएको छ, ‘विगतमा गृह, रक्षा र पर्यटन मन्त्रालय समेतको जिम्मेवारी सम्हानु भएका र सुदुरपश्चिम प्रदेसको इन्चार्ज समेत रहनु भएका कमरेड भिम रावलजीले कालापानी लगायत नेपाल भारत बीचको सिमा समस्या समाधानका लागि विगतका सरकारले गरेका पहल र आफुले हासिल गरेको अनुभव समेतका आधारमा सरकारलाई रचनात्मक सहयोग गर्नुभएको खवर सुन्न पाएको भए खुसीको अनुभूती हुने थियो । राष्ट्रियताको विषयमा आरोप प्रत्यारोप भन्दा वलियो एकता र सार्थक पहलको खाँचो पर्दछ ।

संसदका समिति र संसद भित्रको छलफलमा पनि त्यो देखिनु आवश्यक छ । आपसी कटाक्ष र विवादले राष्ट्रको पक्षनै कमजोर वन्न पुग्छ । सिमाअतिक्रमण जस्तो संवेदनशील विषयमा राज्यलाई निशर्त सहयोग गर्नु हामी सबैको कर्तव्य हो ।’