नेपालमा कोरोना भाइरस रोगबाट संक्रमित हुनेको संख्या २६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्यावधिक विवरण अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं; वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र भेरी अस्पताल, नेपालगंजमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या नौ छ ।
पर्सा, बिरगंज निवासी ९, १० वर्षीय बालक, २३, ४७ वर्षीय महिला, उदयपुर, त्रियुगा न. पा. निवासी २५ बर्षीय पुरुष; दांङको गढवा – ४, ५ र तुलसीपुर-७ निवासी २३, ३६, ३४ वर्षीय पुरुषहरू; काठमाडौं, सतुंगल निवासी ७ बर्षीय बालक हुनुहुन्छ । स्वास्थ्य अवस्था सामान्य छ र उहाँहरू स्वास्थ्यकर्मीको सम्पर्कमा हुनुहुन्छ ।