बाँकेमा २ जनामा कोरोना संक्रमण

बाँकेमा समुदाय स्तरमा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार आज  गरिएको परिक्षणमा क्वारेन्टाईन बाहिरका २ जनामा कोरोना संक्रमण देखिएको हो ।

भेरी अस्पताल नेपालगन्जको परिक्षणमा नेपालगन्ज ११ र १२ का दुई जना ४० र १८ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो । नेपालगन्ज उपमहानगरपालिका १२ का १
८ वर्षिय युवा विद्यार्थी हुन भने अर्का पुरुष कर्मचारी रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनु भयो ।

यससँगै बाँकेका विभिन्न आईसोलेशन सेन्टरमा बस्नेको सँख्या २६ पुगेको छ । आज भेरी मै गरिएको परिक्षणमा दाङ र बर्दिया थप १,१ जना पुरुषमा समेत कोरोना संक्रमण देखिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *