मुख्यमन्त्री शंकर पोखरेलले नेपाल—अंग्रेज युद्धमा अंग्रेज सेनालाई उपरास्त गर्न सफल भएको खुसीयाली देखि सुरु भएको भगवती जात्राको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।
विजयउत्सवको रुपमा मनाइदैं आएको पाल्पाको रणउजीरेश्वरी भगवती जात्रा कर्णेल उजिरसिंहकै अदम्य साहस र सफलताको खुशीयालीमा विसं १८७७ देखि पाल्पामा हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन भगवती रथयात्राको आयोजना गरी मनाउने गरिन्छ । मुख्यमन्त्री पोखरेले आज शुभकामना संन्देश दिदै सो कुरा उल्लेख गर्नु भएको छ ।
विसं. १८७१—७२ को नेपाल—अंग्रेज युद्धका क्रममा नेपाली सेनाका अमर योद्धा उजिरसिंह थापाको नेतृत्वमा जीतगढीमा विजय हासिल गरिएको हो । जीतगढीको लडाई मोर्चामा आफ्नो पराक्रम साहस र रणकौशलका साथ पाल्पा हुँदै अन्ततः नेपाल कब्जा गर्ने अंग्रेजको योजनालाई उहाँले विफल बनाउनु भएको थियो । अंग्रेज फौजलाई परास्त गरी विजय हासिल गर्ने कर्णेल उजिरसिंह सहित सबै योद्धाप्रति उच्च सम्मान व्यक्त गर्दछु भनि शुभकामना संन्देशमा उल्लेख गरिएको छ ।
मुख्यमन्त्री पोखरेलले सबै जात्रा र पर्व मनाउँदा सामाजिक दुरी कायम गरी मनाऔं, आफू पनि जोगिऔं, अरुलाई पनि जोगाऔं । कोरोना विरुद्धको अभियानलाई सार्थक बनाऔं । भगवती जात्रा मनाउँदा यस वर्ष विगतमा भन्दा फरक ढंगले सामाजिक दुरी कायम गरी मनाउन हार्दिक अपील समेत गर्नु भएको छ ।