बाँकेमा थप उपचाररत ५ महिने गर्भवती महिला सहित ५ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा ३ जना र नेपालगञ्ज मेडिकल कलेज कोहोलपुरमा २ जना गरि थप ५ जना संक्रमितको मृत्यु भएको हो ।फोकल पर्सन तेज वलीका अनुसार मृत्यु हुनेहरुमा ठाकुरबाबा-१ बर्दीयाकी ३४ वर्षया ५ महिने गर्भवती महिला, कोहोलपुर नगरपालिका ९ बाँकेमा ६१ वर्षीया पुरुष , नेपालगञ्ज उपमाहानगरपालिका १९ बाँकेका ३९ वर्षिया पुरुष, बनगांड कुपिन्डे ४ सल्यानकी ६० वर्षिया महिला र गुलरिया नगरपालिका १० बर्दियाका ६० वर्षिया पुरुषको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । योसंगै बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेमा २२९ र बाहिरी जिल्लाका बाँकेमा आएर उपचारका क्रममा मृत्यु हुनेको संख्या १७५ पुगेको स्वस्थ्य कार्यलयले बाँकेको तथ्यांक छ ।