बाँके डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०७८।०७९ को निती तथा कार्यक्रम र बजेटको तयारी तिब्र रुपमा गरिरहेको छ । यही असार १० गते बस्ने डुडुवाको नवौं गाउँसभाले निति तथा कार्यक्रम र बजेट ल्याउने छ।कोभिड–१९ को संक्रमणको व्यवस्थापन, शिक्षा, स्वास्थ्य, कृषि, पशु, विपत, बन तथा बातावरण, विकास निमार्ण लगायतका विषयलाई प्राथमिकीकरण गरि यस वर्ष केही ठुला र महत्वपूर्ण योजना ल्याउने गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।
स्थानीय तहमा योजना छनौटका चरण अन्र्तगत अहिले वडास्तरिय योजनाहरु छनौट भईसकेर आउने क्रम जारी छ भने ति योजना आइसकेपछि विषयगत समितिको बैठकबाट योजना पास हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले बताउनुभयो । उहाँका अनुसार विषयगत समितिबाट पास भएका योजना तथा कार्यक्रम बजेट तर्जुमा समितिले पास गरि कार्यपालिकाको बैठकमा पेश गर्नेछ । र कार्यपालिकाको बैठकपछि गाउँसभामा निति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ ।
गाउँपालिकाले विगतका वर्षदेखि संचालन गरेको स्वास्थ्य, पशु लगायतका विभिन्न अभियानहरुको निरन्तरता, केही ठुला तथ महत्वपूर्ण योजना र बन ऐन लगायतका केही नया विधेयकहरु नवौ गाउँसभामा प्रस्तुत हुने गरि तयारी भईरहेको गाउँपालिकाले जनाएको छ ।