बाँकेमा २६ जना डिष्चार्ज भई घर फिर्ता ,११ जना संक्रमण पुष्टि

बाँकेमा थप ११ जनामा कोरोना पुष्टि भएको छ । आज बाँकेमा २६ जना डिष्चार्ज भएका छन् ।

यहाँका तीन वटा प्रयोगशालामा गरिएको बाहिरी जिल्लाका समेत गरी १५८ नमुना परिक्षणमा बाँकेका ११ जनासहित २८ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट थप मृत्यु भएको छैन ।

भेरी अस्पतालमा ११ जना, मेडिकलमा कलेज कोहलपुरमा ९ जना र बागेश्वरी ल्याबमा ८ कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताउनुभयो ।

हालसम्म बाँकेमा १७ हजार ७ सय ८९ जना संक्रमित भएका छन् । ती मध्ये १७ हजार ३ सय ६२ जना निको भई डिष्चार्ज भएका छन् । संक्रमित मध्ये ३ सय २४ जनाको मृत्यु भएको छ ।

जिल्लामा १४० जना सक्रिय संक्रमित रहँदा ४४ जना अस्पताल र आइसोलेसनमा छन् भने १२९ जना होम आइसोलेसनमा रहेका छन् ।