बाँकेको नरैनापुर गाउँपालिका धार्मिक सहिष्णुताका लागि अब्बल रहेकाे छ । त्यसका लागि गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह निर्वाचित भएदेखि नै धार्मिक सहिष्णुताका लागि निरन्तर काम गरिरहनु भएकाे छ । जुन सुकै धर्म सम्प्रदायका पर्वहरूमा उहाँ अाफै अगाडी बढ्रनु हुन्छ । शनिबार हिन्दुहरूकाे महान पर्व नवरात्राका मुर्ति बिसर्जनमा पनि उहाँअाफैले अगुवाइ गरिरहनु भएकाे थियाे । बिसर्जनमा गाउँपालिकाका अध्यक्ष शाह आफै नदीमा पुग्नु भएकाे थियाे ।
आफू मुस्लिम भएपनी सबै धर्मलाई माया गर्ने अध्यक्ष शाह आफै नरैनापुर देखि राप्ती नदीसम्म पुगेर मुर्ति बिसर्जन कार्यमा सहभागी भएको नरैनापुर २ का अध्यक्ष मसुद अहमद शाहले जानकारी दिनु भयाे। नरैनापुरको मुर्ति बिसर्जन एकदमै शान्त वातावरणमा सम्पन्न भएको गाउँपालिका अध्यक्ष शाहले जानकारी दिनु भयाे । करिब १७ हजार बढी मानिसहरु सहभागी जनमानसले ६ वटा वडाका ५२ स्थानका मुर्ति बिसर्जन गरिएको अध्यक्ष शाहले बताउनु भयाे । धेरै जनमानसमा पनि अध्यक्ष शाहको उपस्तिथितिमा एकदम शान्तपूर्वक मुर्ति बिसर्जन गरिएको अध्यक्ष शाहले जानकारी दिनु भयाे।
मुर्ति बिसर्जनमा ४ सय बढी सवारीसाधन प्रयोग गरिएको थियो भने मुर्ति बिसर्जन नरैनापुर ४ हुलासपुरस्थित राप्ती नदीमा गरिएको थियो।