देशभर पछिल्लो समय १२ हजार ६ सय ५३ जनाको कोरोना परीक्षण गर्दा थप तीन सय १७ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार चार सय ६६ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। दुई सय ७९ जना कोरोना मुक्त भएका छन। हाल देशभर ७ हजार पाँच सय ३५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।