स्वास्थ्यकर्मीलाई लैंगिक हिंसाका घटना व्यवस्थापन तालिम सुरु

बर्दियामा स्वास्थ्यकर्मीहरुको लागि एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC) सँग सम्बन्धित घटना व्यवस्थपन सम्बन्धी ४ दिने तालिम संचालन गरिएको छ । लैंगिक हिंसाका घटनामा प्राभावित व्यक्तिलाई न्यायिक प्रक्रियामा लैजान स्वास्थ्यकर्मीहरुको महत्वपूर्ण भुमिका रहने भएकोले स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि गर्नका लागि एक्सनएड नेपााल र कमैया महिला जागरण समाज नेपालको सहयोग, स्वास्थ्य कार्यालय बर्दियाको समन्वयमा बर्दिया जिल्ला अस्पतालले घटना व्यवस्थापन तालिम आयोजना गरेको हो ।

उक्त तालिममा बर्दिया अस्पताल, आरसी थारु मेमोरियल नगर अस्पताल, प्राथमिक उपचार केन्द्र सोरहवा र प्राथमिक उपचार केन्द्र राजापुरबाट १९ स्वास्थ्यकर्मीहरु सहाभागी रहेको तालिम पुस ३ गते सम्म संचालन हुने कमैया महिला जागरण समाज नेपालका कार्यक्रम संयोजक जीतराम चौधरीले जानकारी गराउनु भयो । तालिममा डा.विजय उपाध्याय, डा.रन्जन थपलिया, सुमितत्रा खड्का र सपना बाठामगरले सहजीकरण गर्नुभएको छ । लैंगिक हिंसाका घटनाका पहिचान, उपचार, मनोविमर्श परामर्श सेवा प्रदान गर्ने र हिंसाप्रभावितलाई न्यायिक प्रक्रिया र पुनस्र्थापनाको लागि एकैस्थानबाट सहज तरीकाले सेवा प्रदान गर्नको लागि बर्दिया अस्पतालमा एकद्वार संकट व्यवस्थापन केन्द्र(OCMC) २०६८ मंसीर देखि संचालनमा रहेको छ ।

जिल्ला समन्वय समिति संयोजक शंकर प्रसाद थारु (शेखर), अतिथिमा प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार, प्रहरी उपरीक्षक इश्वर कार्की बर्दिया अस्पताल व्यवस्थापन समितिको अध्यक्ष अंगद श्रेष्ठको अध्यक्षता लगायतको उपस्थिति रहेको थियो ।