जानकी गाउँपालिकामा १८ गतेसम्म मतदाता नामावली संकलन हुदैछः धिताल


बाँकेको जानकी गाउँपालिकामा जिल्ला निर्वाचन कार्यालयले १८ गते सम्म मतदाता नामावली संकलन कार्यगरी रहेको छ । गाउँपालिकाका क्षेत्रका सबै नागरिकलाई आफ्नो मताधिकार प्रयोग गर्नका लागि १८ गते भित्र नामावली दर्ता गराउनका लागि अनुरोध गरिएको गाउँपालिकाका कार्यबाहक अध्यक्ष भुमिसरा धितालले जानकारी दिनु भयो ।

कार्यबाहक अध्यक्ष धितालका अनुसार गाउँपालिका क्षेत्रका ६ वटै वडाका नयाँ मतदाता, छुट मतदाता र भोटर नामावली स्थानान्तर गर्नका लागि पालिकाले सबै नागरिकलाई पटक पटक अनुरोध गरेको जानकारी दिनु भयो । यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकी अधिकृत बसबहादुर रानाका अनुसार यही ४गते देखि १८ गते सम्म कुनै व्यक्ति पनि मदाधिकारीबाट बन्चित नहुन भनेर हामीले सबै वडा कार्यालयहरुलाई नागरिक मतदाता नामावली संकलनका लागि जानकारी गराउन अनुरोध गरेको बताउनु भयो ।

निर्वाचन कार्यालयले गाउँपालिका कार्यालय खजुराखुर्दमा नामावली संकलन गरिरहेको छ ।