जानकीले २७० विपन्न परिवारलाई न्यानो कम्बल सहयोग


बाँकेको जानकी गाउँपालिकाले गाउँपालिकाका ६ वटै वडामा रहेका गरिब विपन्न, वृद्ध, अपांगता भएका ब्यक्तिहरुलाई न्यानो कम्बल वितरण गरेको छ ।
जानकी गाउँपालिकाको वातावरण तथा विपद ब्यवस्थापन शाखाको आयोजनामा वडा नं.१ देखि वडा नं.६ सम्मका नागरिकलाई न्यानो कपडा वितरण गरेको हो । गाउँपालिकाका कार्यबहाक अध्यक्ष भुमिसरा धितालले अति गरिब परिवारको पहिचान गरी न्यानो कपडा वितरण गर्नु भएको हो । बदलिदो मौसमका कारण अतिविभिन्न परिवारको पहिचान गरी गाउँपालिकाले सबै वडालाई समान रुपमा ४५ परिवारका दरले न्यानो कम्पल सहयोग गरेको हो । कम्बल वितरण गर्दै कार्यबहाक अध्यक्ष धितालले पालिका क्षेत्रका नागरिकको आवश्यकताका आधारमा कम्बल वितरण गरिएको हो भन्नु भयो । उहाँले नागरिकका लागि पालिकाले जस्तो सुकै अवस्थामा पनि सहयोग गर्ने बताउनु भयो । कार्यबहाक अध्यक्ष धितालले सहयोग सानो र ठूलो भन्ने हैन तर नागरिक हितका लागि जस्तो सुकैपनि सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाँले कम्बल वितरणकै क्रममा उपस्थित परिवारका सदस्यलाई आफना अभिभावकलाई सहयोग गर्नु परिवारको पहिलो कर्तव्य हो भने स्थानीय सरकार त्यसको अभिभावकत्व ग्रहण गर्न तयार रहने बताउनु भयो ।

कम्बल वितरण कार्याक्रम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले न्यानो कम्बल वितरण गर्नु भनेको विपन्न परिवारको घरदैलोमा पुगेर स्थानीय सरकार सेवादिन तयार रहेको बताउनु भयो । उहाँले कम्बल पाउनेले एक मात्र पाएपनि पालिकाले सबैलाई समेटिने गरी २७० जनालाई कम्बल सहयोग गरेको बताउनु भयो । उहाँले जनु मौसममा नागरिकलाई अभावको महसुस हुन्छ सोही समयमा स्थानीय सरकार जनताको दैलोमा नै सहयोग गर्दछ भन्नु भयो । कार्यक्रममा वडा अध्यक्षहरु, योजनाशाखा, वातावरण तथा विपद ब्यवस्थापन शाखाका कर्मचारीको सहभागिता रहेको थियो ।