तीन किलो चरेशसहित बाँकेमाा तीन जना पक्राउ

 

बाँकेमा तीन किलो चरेशसहित तीन जना पक्राउ परेका छन् । चरेश बोकेर भारततर्फ गइरहेको बेलामा जमुनाहा नाकाबाट इलाका प्रहरी कार्यालय जमुनाहा र लागु औषधी नियन्त्रण ब्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

सुर्खेत सिमताका वीरेन्द्र हमाल र दिपा बुढा, जाजरकोटका खिमा खत्रीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । दुई महिलाले बोकेको झोलामा कालो प्लाष्टिकले बेरेर चरेश राखिएको थियो ।