नेपालगन्ज १६ को वडाअध्यक्षमा कलिम निर्वाचित

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका कलिम अहमद अन्सारी निर्वाचित भएका छन् ।  निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका हनिफ जोलाहालाई हराउँदै कलिम अध्यक्षमा निर्वाचित भएका हुन् । यहाँ माओवादीको प्यानल नै विजयी भएको छ ।