असार १५ देखि ५ देखि १२ वर्षका बालबालिकालाइ कोरोना भाइरस विरुद्धको खोप लगाइने

सरकारले पाँचदेखि १२ वर्षमुनिका बालबालिकाका लागि आगामी असार १५ देखि कोरोना भाइरस विरुद्धको खोप दिने तयारी गरेको छ । कोभ्याक्स सुविधामार्फत बालबालिकाका लागि ८४ लाख फाइजर खोप निःशुल्क प्राप्त हुने भएपछि सरकारले असार १५ देखि दिने तयारी गरेको हो ।

पहिलो चरणमा १५ लाख खोप असार १५ भित्र आइसक्ने स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका प्रमुख डा. रुद्रप्रसाद मरासिनीले जानकारी दिए । कोरोनाविरुद्ध खोप अभियानमा नेपालले उल्लेखनीय प्रगति गरेको भन्दै कोभ्याक्स कार्यक्रम अन्तर्गत बालबालिकालाई निःशुल्क खोप उपलब्ध भएको डा. मरासिनीको भनाइ छ ।