स्वर्गीय थापालाई कबड्डी संघ बाँकेको सम्मान

कबड्डी संघ बाँकेका संस्थापक अध्यक्ष रहेका स्वर्गीय डम्बर थापालाई मरणोपरान्त कबड्डी संघ बाँकेद्वारा सम्मान गरिएको छ ।

कबड्डी संघ बाँकेले मंगलवार नेपालगञ्जमा प्रथम डम्बर थापा स्मृति दिवस कार्यक्रमको आयोजना गरि कबड्डिको वृद्धि बिकास र ब्यबस्थापनमा गरेको योगदान बापत थापालाई मरणोपरान्त कबड्डी संघ बाँकेद्वारा सम्मान गरिएको हो । उक्त सम्मान उहाँको धर्मपत्नी भुमिका थापालाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले स्वर्गीय थापा संगको सामिप्यता स्मरण गर्दै बाँकेमा कबड्डी संघको लागि र खेलको बिकासको लागी थापाले जुन देख्नुभएको सपना थियो, त्यो पूरा गर्न आफुले संघलाई सहयोग गर्ने बताएका थिए ।

त्यस्तै कार्यक्रमका बिशिस्ट अतिथी तथा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक तुफानले स्वर्गीय थापा सामाजिक , राजनैतिक तथा खेलप्रेमी ब्यक्तित्व रहेको र उहाँको कमि बाँकेको कबड्डि संघलाई मात्रै नभएर सिङ्गै जिल्लालाई महसुस भएको बताउनुभयो थियो ।