नेकपा एमाले बाँकेले आइतबार जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना कार्यक्रम गर्ने भएको छ । एमाले बाँके जिल्ला कमिटीको निर्णय अनुसार बाँकेबासी लगायत आमनेपालीका जनचासो र जनजीविकाका सवाललाइ मुद्धा बनाएर जिल्ला प्रशासन कार्यालय अगाडी एक दिनको धर्ना कार्याक्रम गर्न लागेको एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिनु भएको हो । उहाँका अनुसार किसानलाइ मल, वीउ किन्दा समेत उपलब्ध गराउन नसक्ने गैरजिम्मेवार सरकारको रबैयाको विरुद्धमा धर्ना कार्यक्रम गर्न लागिएको जानकारी दिनु भयो ।
नेकपा एमाले बाँकेले चर्को मुल्यबृद्धि, भ्रष्टाचार, ढिलासुस्ती सरकारले नियन्त्रण गर्न नसकेको भन्दै आम नेता कार्यकर्तालाई धर्ना कार्यक्रममा उपस्थितीका लागि समेत अनुरोध गरेको छ । एमाले बाँकेले विहान १० बजे देखि कार्यालय समय ५ बजे सम्म धर्ना गर्ने बताइएको छ । सरकारका हरेका क्रियाकलाप जनविरोधी भएको भन्दै आम नागरिकलाई सरकारका गतल कार्यको विरोध गर्न आग्रह गरेको छ । एमाले बाँकेले आफ्ना नेता तथा कार्यकर्तालाई सरकारको गलत कार्यको विरोध गर्न , देश र जनता पक्षमा पैरवी गर्न आग्रह गरिएको अध्यक्ष कक्षपतिले जानकारी दिनु भयो