आर्थिकका कारण शिक्षा आर्जनमा रहेको विभेद अन्त्य गर्ने छुः वडाअध्यक्ष थापा


डुुडुवा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष झंकबहादुर थापाले हुनेखाने र हुँदा खानेका बालबालिकामा शिक्षाको विभेद अन्त्य गर्ने बताउनु भएको छ । शिक्षा क्षेत्रको समग्र विकासका लागि आफ्नो कार्यकालमा सबैभन्दा बढी प्राथमिकता दिएर काम गर्ने बताउनु भएको छ ।
वडाबासीका विभिन्न प्रकारका समस्या छन् ती सबै समस्या मध्येपनि शिक्षाको गुणस्तर सुधार गर्नु, शैक्षिक भौतिक पूर्वाधार निर्माण, शिक्षण सिकाइमा सुधार गर्नु, अभिभावकको शिक्षाप्रति जिम्मेवारी बनाउनु, विद्यालय छोड्ने दर शुन्य गराउनुनै प्रमुख प्राथमिकतामा पर्ने उहाँको धारणा रहेको छ । आर्थिक स्तरका आधारमा शिक्षा आर्जन गर्ने आजको परम्परा अन्त्य नै प्रमुख क्षिक्षा क्षेत्रको समस्या रहेको छ । सामुदायीक विद्यालयमा कार्यरत शिक्षकलाई संस्थागत विद्यालयका शिक्षकसरहको शिक्षण विधिका माध्यायमबाट शिक्षण गर्नका लागि प्रोत्सान गर्नेहो भने सबै सामुदायिक विद्यालयको शिक्षाको स्तरबृद्धि भएर विद्यार्थी संख्या पनि बढने र शिक्षामा अंग्रेजी माध्यायका आधारमा हुने शिक्षा शिक्षा क्षेत्रको विभेद पनि अन्त्य हुने वडा अध्यक्ष थापाको धारणा रहेको छ ।
हिड्ने मान्छेलाई ठेस लाग्छ भने जस्तै शिक्षा क्षेत्रमा सुधारका लागि काम गर्दा कसैलाई अप्ठेरो परेमा संयोग मात्र सोचिदिन संबद्ध सबै पक्षलाई उहाँले अनुरोध गर्नु भएको छ । जनताले अरुभन्दा फरक काम गर्न सक्ने क्षमता भएको व्यक्तिकै आधारमा मलाई वडा अध्यक्षमा निर्वाचित बनाएरकोले म ताली र गाली दुबै प्रकारका अवस्था व्यहोर्न तयार भएरै वडा अध्यक्ष निर्वाचित भएको बताउनु हुन्छ । वडा अध्यक्ष थापाले आफ्ना वडाका सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यामबाट अबको शिक्षण विधि हुने उहाँको भनाइ छ ।
आज शिक्षामा परिवर्तन गर्न सकिएन भने आफ्नो वडाको समग्र विकास नै सबै भन्दा पछीपर्ने उहाँको विचार रहेको छ । अरु भन्दा अब्बल शिक्षा मेरो वडाबासी बालबालिकाले पाए पनि आजका ति बालबालिक भोली देश हाँक्ने, उच्च प्रशासक, अब्बल किसान, ठूला व्यापारी जो पनि बन्न सक्छन त्यसका लागि दुइ दशक देखि सामाजिक कार्यमा लागे पनि नीति परिवर्तन गर्ने र कार्यान्वय गर्ने स्थानमा आफु पुगेको कारण शिक्षा क्षेत्रको परिवर्तन नै भोलीको भविष्य सुन्दर बनाउनु हो ।