बाँकेको चिसापानीबाट प्रतिबन्धित लागुऔषध अफिमसहित एकजना पक्राउ

बाँकेको चिसापानीबाट प्रतिबन्धित लागुऔषध अफिमसहित एकजना पक्राउ परेका छन् । नलगाड नगरपालिका–३ जाजरकोटका २५ वर्षीय गोपाल रोकायलाई साढे तीन किलो अफिमसहित पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।चिसापानी रेञ्ज पोष्टका कर्मचारी र नेपाली सेनाको संयुक्त गस्ती टोलीले निकुञ्जको कोर क्षेत्रभित्र पर्ने घोप्टे भन्ने ठाउँबाट रोकाय पक्राउ परेका हुन् ।पक्राउ परेका रोकायलाई इलाका प्रहरी कार्यालय चिसापानीको जिम्मा लगाइएको बाँके राष्ट्रिय निकुञ्ज चिसापानी पोष्टले जनाएको छ ।