यसअघि प्रतिनिधिसभा निर्वाचनमा पनि सूर्य चुनाव चिन्हबाट लडेर विजयी भएका त्रिपाठीले गठबन्धन गरेर जान आग्रह गरेका हुन्।
विसं २०७४ सालमा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट अलग हुँदै स्वतन्त्र बनेका थिए। उनीसँगै स्वतन्त्र बनेका बृजेशकुमार गुप्ता एमाले प्रवेश गरे पनि त्रिपाठीले नयाँ पार्टी गठन गरेका थिए।
उनले अध्यक्ष ओलीसँग समसमायिक राजनीतिक विषयमा छलफल भएको बताए। ‘समसमायिक राजनीतिक विषयमा छलफल भएको हो। आउँदो चुनावमा कसरी तालमेल गरेर सँगै जान सकिन्छ भन्ने विषयमा पनि कुराकानी भयो,’ अन्नपूर्णसँग उनले भने।
उनीहरुबीच राष्ट्रपति विद्या देवी भण्डारीले आइतबार फिर्ता पठाएको नागरिकता विधेयक सम्बन्धमा पनि छलफल भएको छ। नागरिकता विधेयकको विषयमा अध्ययन गर्न बाँकी रहेको ओलीको भनाइ उद्धृत गर्दै उनले भने, ‘चुनावी तालमेल सामान्य कुरा हो। हामी पनि मलेर जाँउ भन्ने विषयमा गहन छलफल भएको हो,’ उनले भने।