नेपाली काँग्रेसले आजसम्म निर्वाचन आयोगमा दल दर्ता गरेन

निर्वाचन आयोगले दल दर्ताका लागि दिएको समय सकिन १ दिन मात्रै बाँकी छ । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा भाग लिन एकदिनको समय बाँकी रहँदा चुनावमा लड्न ६२ दलको निवेदन आयोगले जानकारी दिएकाे छ ।आज सम्ममा नेपाली काँग्रेस बाहेकका राष्ट्रिय मान्यताप्राप्त दलहरुसहित ६२ दलले चुनावमा सहभागी हुन निवेदन दिएका हुन्। सत्तारुढ दल नेपाली कांग्रेस दल दर्ताको निवेदनसहित भोलि आयोग पुग्ने तयारी गरेको छ। सत्ता घटक अर्को दल नेकपा माओवादी केन्द्रले भने आजै निर्वाचन आयोगमा पुगेर दल दर्ताको निवेदन दिएको छ।

माओवादी नेता लीलामणि पोखरेल, मुक्ति प्रधान, केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायलगायतका नेताहरु आयोगमा पुगेर दल दर्ताको निवेदन दिएकाे जानकारी दिनु भयाे । यसअघि हिजो माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच माओवादी र नेपाल समाजवादी एउटै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने सहमति भएको थियो। दुई पार्टीले एउटै चुनाव चिन्ह प्रयोग गर्न फेरि निर्णय गर्नुपर्ने भएकाले त्यसको गृहकार्य भइरहेको माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव उपाध्यायले जानकारी दिनु भएकाे छ।